Media Network

युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसंघको आग्रह


खबरस्टोरी संवाददाता

६ बैशाख २०७९,मंगलवार

एजेन्सी। संयुक्त राष्ट्रसंघले युक्रेनमा मानवीय सहायता उपलब्ध गराउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउनका लागि आग्रह गरेका हुन् ।

युक्रेनमा रुसले आक्रमण गरेपछि भएको क्षतिको आंकलन भइरहेको र यहाँ मानिसहरुको उद्धार भइरहेको युक्रेनले जनाएको छ । यहाँ अप्ठेरोमा परेका नागरिकलाई उद्धार गर्न र आवश्यता अनुसारको मानवीय सहायता उपलब्ध गराउन उनले आग्रह गरेका हुन् ।

उनले विश्व समुदायलाई आवश्यक सहायता उपलब्ध गराउन र यहाँका नागरिकलाई आवश्यक परेको सहायाता वितरणको काममा कुनै अवरोध नगर्न पनि आग्रह गरेका हुन् । यहाँका कतिपय सहरहरुमा नागरिकहरु अप्ठेरोमा परेर बाँचिरहेकाले उनीहरुको सहायताका लागि महासचिव गुटेर्रेसले आग्रह गरेका हुन् । ती क्षेत्रमा उद्धारका कामका लागि तथा आवश्यक सहायता उपलब्ध गराउनका लागि पहल गर्न विश्व समुदाय समक्ष उनले आग्रह गरेका हुन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद