Media Network

युक्रेनमा अमेरिकाले रेस्पोन्स टिम पठाउने


खबरस्टोरी संवाददाता

२० फाल्गुन २०७८,शुक्रबार

अमेरिकाले युक्रेनमा रेस्पोन्स टिम पठाउने भएको छ ।अमेरिकी ऊर्जा सचिव जेनिफर ग्रानहोमले ट्वीट गर्देै युएस न्यूक्लियर इन्सिडेन्ट रेस्पोन्स टिमलाई सक्रिय गर्ने निर्णय गरेको बताएकी छन् ।

उनले युक्रेनको जापोरिझिया आणविक प्लान्टमा भएको आगलागीको बारेमा युक्रेनको ऊर्जा सचिवसँग कुरा गर्दैे आणविक प्लान्ट नजिकैको रुसी सैन्य कारबाही लापरवाही कदम भएको र सो अन्त्य गर्नुपर्ने बताएका छन् ।

उनले रक्षा मन्त्रालय, अमेरिकी आणविक नियामक आयोग र ह्वाइट हाउससँग सम्पूर्ण विकासको अनुगमन भइरहेको समेत जनाएका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद