राज्यको आपतकालीन सेवा, डीएसएनएसले सेरहियिभका गाउँमा एउटा क्षेप्यास्त्रले प्रहार गरेको नौ तले भवनमा १६ जनाको मृत्यु भएको जनाइएको छ ।
गाउँको एक रिसोर्टमा भएको आक्रमणमा बालकसहित थप पाँच जनाको मृत्यु भएको छ ।
रुसले केही दिनयता युक्रेनी सहरहरूमा दर्जनौं मिसाइल प्रहार गरिरहेको छ ।
शुक्रबार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले फेरि रुसले नागरिकलाई लक्षित गरी आक्रमण गरिरहेको जनाएका छन् ।