युक्रेनमा रुसविरुद्ध लडेका बेलायती सैनिकलाई मृत्युदण्ड


खबरस्टोरी संवाददाता
३० असार २०७९, बिहीबार
युक्रेनमा रुसविरुद्ध लडेका बेलायती सैनिकलाई मृत्युदण्ड
एजेन्सी। रुस–युक्रेन युद्धमा रुसविरुद्ध लडेका दुई बेलायती सैनिकहरूलाई पूर्वी युक्रेनबाट छुट्टिएर घोषणा गरेको डोनेत्स्क जनगणतन्त्रले पक्राउ गरेर मृत्युदण्ड दिने तयारी गरेको छ । 

आइडन आस्लिन र शन पिन्नर युक्रेनी सेनामा भर्ती भई रुसविरुद्ध  युद्ध लडिरहेका थिए । डोनेत्स्कका अधिकारीहरूले ती बेलायतीहरूलाई सामूहिक गोली हानेर (फायरिङ स्क्वाडमार्फत) मृत्युदण्ड दिइने तयारी गरेको छ । मृत्युदण्डको मिति भने घोषणा गरिने छैन ।

उनीहरूलाई अप्रिल महिनामा रुसी सैनिकहरूले मरिउपोल नजिक पक्राउ गरेका थिए ।