युक्रेनमा तत्काल रक्तपात रोक्न पुटिनसँग अमेरिकाको माग


खबरस्टोरी संवाददाता
१९ फाल्गुन २०७८, बिहीबार
युक्रेनमा तत्काल रक्तपात रोक्न पुटिनसँग अमेरिकाको माग
एजेन्सी। अमेरिकी विदेश मन्त्रालयले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई तत्काल रक्तपात अन्त्य गर्न र युक्रेनी भूभागबाट आफ्ना फौज फिर्ता गर्न आह्वान गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पुटिनलाई साे आह्वान गरेको हो ।

विज्ञप्तिमा रसियाले स्वतन्त्र समाचार आउटलेटहरूमा पहुँच रोकेर ‘मिडिया स्वतन्त्रता र सत्यमा पूर्ण आक्रमण’ गरेको आरोप पनि लगाएको छ । रुसको ट्विटर, फेसबुक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालका प्लेटफर्महरूमाथि छुरी धसेकोसमेत अमेरिकाले ‌आरोप लगाएको छ ।  रुसी सेनाले युक्रेनको एउटा सहरलाई कब्जा गरेको दर्जनौंको मृत्यु भएको विवरण सार्वजनिक भइरहेका बेला अमेरिकाले विज्ञप्ति जारी गरेको हो ।