Media Network

युक्रेनमाथि रुसी हमला जारीः माइकोलाइभमा रकेट हमला


खबरस्टोरी संवाददाता

५ बैशाख २०७९,सोमबार

किभ । युक्रेनमाथि आक्रमण थालेको रुसले आक्रमण अझ पनि जारी राख्दै आएको छ । रुसी सेनाले युक्रेनका महत्वपूर्ण क्षेत्रहरुमा गोलाबारी र हवाई हमला फेरि तीब्र पारेका छन् । ओडेसा नजिकैको सहर माइकोलाइभमा निरन्तर रकेट हमला भएको त्यहाँका गभर्नरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।  

पूर्वीयुक्रेनमा हवाई हमलाका साइरनहरु निरन्तर बजिरहेका बीबीसीले जनाएका छ । युक्रेनी विदेशमन्त्री दिमित्री कुलेबाले पूर्वीबन्दरगाह सहर मारिओपोलको अब कुनै अस्थित्व नरहेको बताएका छन् । झन्डै दुई महिनाअघि युद्ध सुरु भएपछि मारिओपोल निरन्तर रुसी सेनाको हमलामा परेको छ । 

पछिल्लो आक्रमणमा परि खारकिभमा ५ जनाको मृत्यु हुनाको साथै १३ जना घाइते भएका छन् ।  

यसैबीच, युक्रेनका प्रधानमन्त्री डेनिस स्माइहलले घेराबन्दीमा परेको मारिओपोल सहरमा युक्रेनी फौज रुसविरुद्ध अन्तिम समयसम्म लड्ने बताएका छन् । (एजेन्सी)

Share:
Reaction :
ताजा समाचार
खेलकुद