युक्रेनमाथिको अतिक्रमण बन्द गर्न माग गर्दै रसियन दूतावासमा ज्ञापनपत्र


खबरस्टोरी संवाददाता
११ फाल्गुन २०७८, बुधबार
युक्रेनमाथिको अतिक्रमण बन्द गर्न माग गर्दै रसियन दूतावासमा ज्ञापनपत्र

काठमाडौँ  । मानवअधिकार तथा शान्ति समाजले युक्रेन माथिको अतिक्रमण बन्द गर्न माग गर्दै नेपाल स्थित रसियन राजदूतावासमा ज्ञापनपत्र बुझाएको छ ।

रूसले युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्य घोषणा गरेसंगै रूस र युक्रेनबीच विवाद चर्किदै गइरहेको छ । बुधवार सोही विषयलाई लिएर  मानव अधिकार तथा शान्ति समाजले  नेपाल स्थित रसियन राजदुतावास अगाडी रूस युद्ध रोक, शान्ति प्रवद्र्धन गर, युक्रेन माथिको अतिक्रमण बन्द गर लगाएतका पर्चा पम्पेलेट सहित  विरोध प्रदर्शन गरेको थियो ।