यौन शोषणको आरोपमा अमेरिकी गायक आर केलीलाई ३० वर्ष जेल


खबरस्टोरी संवाददाता
१६ असार २०७९, बिहीबार
यौन शोषणको आरोपमा अमेरिकी गायक आर केलीलाई ३० वर्ष जेल
एजेन्सी। अमेरिकी गायक रोबर्ट सिल्भेस्टर केलीलाई यौन शोषणको आरोपमा ३० वर्ष जेल सजाय सुनाइएको छ। 

उनीमाथि लामो समयदेखि महिला र बालबालिकामाथि यौन शोषण गरेको आरोप लाग्दै आइरहेको थियो। 

उनले  किशोरहरूलाई आफ्नो घरमा थुनेर राख्ने, उनीहरूलाई बलात्कार र कुटपिट गर्ने र अरुसँग पनि यौन सम्बन्ध राख्न समेत बाध्य गराएका थिए। 

केलीले महिला र बालबालिकालाई झन्डै दुई दशकसम्म उनीहरूको आशा र सपनाको फाइदा उठाउदै यौन शोषण गरेका थिए।

उनीविरुद्ध ४५ जनाले बयान दिएका थिए।