Media Network

युद्धमा ३ हजार युक्रेनी र २० हजार रुसी सेना मारिएको युक्रेनी राष्ट्रपतिको दाबी


खबरस्टोरी संवाददाता

३ बैशाख २०७९,शनिबार

एजेन्सी। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा २५ सयदेखि ३ हजार युक्रेनी सेना मारिएको दाबी गरेका छन् । २४ फेब्रुवरीदेखि सुरु भएको  युद्धमा १० हजार युक्रेनी सेना घाइते भएको उनले बताएका छन् । 

‘युद्धमा नागरिक हताहतको कुनै गणना छैन’, अमेरिकी समाचार संस्था सीएनएनलाई उनले भने । युद्धमा १९ हजारदेखि २० हजार रुसी सेना मारिएको उनको दाबी छ । मस्कोले गत महिना युद्धमा आफ्ना १३५१ सेना मारिएको र ३ हजार ८२५ जना घाइते भएको जनाएको थियो । 

युद्धमा मारिने र घाइते हुने सेनाको संख्याबारे दुबै पक्षले आआफ्नो दाबी गरे पनि त्यसबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद