Media Network

एमसीसी राष्ट्र हितमा छ, संसदले अनुमोदन गर्नुपर्छ : मानबहादुर विश्वकर्मा


खबरस्टोरी संवाददाता

२६ माघ २०७८,बुधबार

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यक्रम के हो ? 

एमसीसी कार्यक्रम नेपालको विकासका लागि अमेरिकाले छुट्याएको परियोजना हो । यसमा लगभग ६० अर्ब रुपैयाँ बराबरको सहयोग रकम छ । उक्त रकम अमेरिकाले विद्युत् र सडकको विकास र विस्तारका लागि अनुदानस्वरूप दिन लागेको हो । फिर्ता पनि गर्न नपर्ने र व्याज पनि दिन नपर्ने गरी प्राप्त हुन लागेको अनुदान नेपालको हितमा छ । यदि नेपालमा एमसीसी परियोजनालाई स्वीकार गर्न सकियो भने विकास, आर्थिक उन्नति र गरिबी निवारणका लागि अत्यन्तै राम्रो हुनेछ । 

नेपाल सरकार र एमसीसीबीच भएको सम्झौता पढ्नु भएको छ ? सम्झौतामा के रहेछ ? 

मैले एमसीसी सम्झौता पढेको छु । नेपालमा विद्युत् उत्पादन र सडक विस्तारका लागि अमेरिकाले सहायता रकम दिने भनिएको छ । लगभग ६० अर्ब रुपैयाँ बराबरको रकम नेपालले विकासका लागि खर्च गर्ने सम्झौता भएको छ । नेपालमा अमेरिकी सेना आउँछ भनेर भ्रम फैलाइएको छ । तर एमसीसी सम्झौतामा उक्त विषय उल्लेख छैन । यो भ्रम किन सृजना भइरहेको छ ? मैले बुझ्न सकेको छैन । एससीसी सम्झौता नेपालको संविधानभित्र रहेर अनुमोदन गर्ने भनिएको छ ।  

एमसीसीले नेपालको हित गर्छ कि गर्दैन ? 

राष्ट्रको विकासका लागि प्राप्त हुने अनुदानले अवश्य पनि नेपालको हित गर्छ । यो नेपालको विकास र नेपाली जनताको हितमा छ । 

 हित गर्ने भए यसको किन विरोध भइरहेको छ त ?

यसको विरोधमा एउटा समूह लागेको छ । देश विकासलाई केन्द्रविन्दुमा राखेर छलफल गर्नुपर्नेमा विरोधी समूह सक्रिय भएका कारण त्यसो हुन सकेको छैन । दुईवटा ठूला शक्ति राष्ट्रबीचको खेलमा नेपाल परेकाले नेपालका पनि केही दल र नेताले यसको  विरोध गरिरहेका छन् । 

एमसीसीलाई संसद्ले किन अनुमोदन गर्नुपर्छ वा गर्नु हुन्न ?

नेपालमा एमसीसी कार्यान्वयनका लागि संसदले अनुमोदन गर्नुपर्छ । यो राष्ट्र हितमा छ ।  

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद