Media Network

आईसीसीले नेपाली क्रिकेट विकासका लागि सहयोग गर्ने


खबरस्टोरी संवाददाता

११ असार २०७९,शनिबार

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाली क्रिकेटको विकासका लागि सहयोग गर्न सधैँ तयार रहेको जनाएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को आर्थिक नियन्त्रण पूर्ण रूपमा हटाएसँगै क्यानमाथिको सम्पूर्ण निलम्बन फुकुवा भएको छ । शनिबार आईसीसीका प्रतिनिधि इमरान ख्वाजाले नेपालमाथि लगाइएको आंशिक आर्थिक नियन्त्रण फुकुवा भएको औपचारिक जानकारी गराएका हुन् ।नेपालले सबै प्रावधान चरणबद्ध रूपमा पूरा गरेको भन्दै उनले आंशिक आर्थिक नियन्त्रण फुकुवा भएको बताए । भौतिक पूर्वाधारका लागि नेपाल सरकारले चासो देखाउनु सकारात्मक भएको उनले उल्लेख गरे ।

शनिबारै युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजसँग आईसीसीका प्रतिनिधिको भेटवार्ता भएको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद