अन्तिम खेलमा एनआरटीको जित


खबरस्टोरी संवाददाता
२९ असार २०७९, बुधबार
अन्तिम खेलमा एनआरटीको जित
काठमाडौँ। प्रि-सिजनका लागि थाइल्यान्ड र मलेसिया भ्रमणमा पुगेको न्युरोड टिम एनआरटीले अन्तिम खेलमा जित निकालेको छ । 

बुधबार भएको अन्तिम खेलमा एनआरटीले थाइल्यान्डको थोनबुरी युनाइटेडलाई २१ अन्तरले पराजित गरेको हो । एनआरटीको जितमा विदेशी खेलाडी मेसौउके र दीपेश घलेले एक-एक गोल गरे । 

यो खेलसँगै मलेसिया र थाइल्यान्डमा रहेको एनआरटीको प्रि-सिजन सकिएको छ । अघिल्ला चारै खेलमा एनआरटी पराजित भएको थियो ।