Media Network

अन्तर्राष्ट्रिय क्रिकेटमा बसिरको डेब्यु


खबरस्टोरी संवाददाता

२७ असार २०७९,सोमबार

काठमाडौं। युवा ब्याटर बसिर अहमदले अन्तर्राष्ट्रिय क्रिकेट टिममा डेब्यु पाएका छन् । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत  नामिबियाविरुद्धको खेलमा पहिलो ११ मा परेसँगै बसिरले  डेब्यु पाएका हुन् । 

१८ वर्षीय बसिरले वैशाखमा जिम्बाव्वे 'ए' सँगको खेलमा टी २० खेल र एकदिवसीय खेलमा नेपालबाट खेलिसकेका छन् । 

बसिरले नेपालको यु १९ टिमबाट समेत खेलिसकेका छन् । यस्तै, घरेलु प्रतियोगितामा भने प्रो क्लब च्याम्पियनसिपमा रुपन्देही ११ बाट खेलेका थिए । जुन प्रतियोगिता रुपन्देहीले जित्दा बसिर प्लेयर अफ द सिरिज चुनिएका थिए । 

नामिबियाविरुद्ध नेपालले टस हारेर ब्याटिङ गर्दैछ । यस खेलमा डेब्यु पाएका बसिर एकदिवसीयमा खेल नेपालको प्रतिनिधित्व गर्ने ३३औँ खेलाडी हुन् । नेपाली टिममा पवन सर्राफ, विनोद भण्डारी र किशोर महतोलाई विश्राम दिएको छ । नेपालको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् । 

नेपाली टिम :

सन्दीप लामिछाने (कप्तान), देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, आशिफ शेख, करण केसी, कुशल भुर्तेल, बसिर अहमद, सोमपाल कामी, आदिल आलम अन्सारी ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद