Media Network

भक्तपुरमा भोलि कोरा साइकलिङ च्यालेन्ज हुदैँ


खबरस्टोरी संवाददाता

३१ असार २०७९,शुक्रबार

काठमाडौँ। भक्तपुरमा भोलि शनिबार साइकलिङ च्यालेन्ज हुने भएको छ । भक्तपुरका साइकलप्रेमीहरूको टीम साइकल कनेक्ट भक्तपुरले शनिबार साइकलिङ च्यालेन्ज गर्ने भएको हो । सो च्यालेन्जलाई आयोजकले भक्तपुर कोरा २०२२ नाम दिइएको छ । 

आयोजकले ५०, ७५ र १०० किलोमिटरका तीनवटा रूट तयार गरेका छन् । सो अन्तर्गत हुने ५० किलोमिटरको च्यालेन्जमा आठ महिला र १२० पुरूषसहित १३८, ७५ किलोमिटरको च्यालेन्जमा ४५ पुरूष र २ महिला गरि ४७ र १ सय किलोमिटरको च्यालेन्जमा पुरूषतर्फ १०४ र ३ महिला गरि १०७ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

भक्तपुरलाई साइकलिङ गन्तव्य बनाउन र कोभिडको कारण ज्यान गुमाएका साइकलिष्ट यमलाल रसाइलीको परिवारलाई सहयोग रकम संकलन गरी कोष स्थापना गर्नका लागि सो कार्यक्रम गरिन लागेको आयोजकले बताएका छन् । 

कूल २८२ जना रहने साइकल यात्रा भक्तपुरको दरबार क्षेत्रबाट सुरू हुनेछ । यात्रा अन्तर्गत दरबार क्षेत्रबाट सिद्धपोखरी( निकोशेरा, बहाखा बजार, बोडे, निलबाराही, वेशीगाउँ, दुवाकोट, चाँगुनारायण, त्रिशूल डाँडा, तेलकोट, नगरकोट, थाकलमाथ, खावा, नाला गुम्बा, भंगाल, लटरम्बेश्वर, साँगा, खाल्चोक, आशापुरी, रानीकोट, गुण्डुफ गाम्चा, बालकोट, लोकन्थली, कौशलटार, सानोथिमि हुँदै पुन भक्तपुर दरबार क्षेत्रमा समापन हुनेछ ।

च्यालेन्जमा भक्तपुर, काठमाडौं, ललितपुर, बनेपा, पनौती, पोखरा, तनहुँ, धरानलगायतका शहरहरूबाट साइकलयात्री सहभागी हुने आयोजकले जनाएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद