Media Network

बार्सिलोनालाई पछि पार्दै रियल बन्यो बिश्वकै सर्वाधिक धनी क्लब


खबरस्टोरी संवाददाता

१३ जेष्ठ २०७९,शुक्रबार

एजेन्सी। बार्सिलोनालाई पछि पार्दै स्पेनिस च्याम्पियन रियल म्याड्रिड पुनः विश्वको धनी फुटबल क्लबको सूचीमा शीर्ष स्थानमा उक्लिएको छ ।

यो सिजनको स्पेनिस ला लिगाको उपाधि जितेको र च्याम्पियन्स लिग फाइनल खेल्ने तयारीमा रहेको रियल फोर्ब्सले निकालेको धनी क्लबको सूचीमा शीर्ष स्थानमा फर्किएको हो। फोर्ब्सले सार्वजनिक गरेको सूची अनुसार ४.१ बिलियन पाउण्ड रियलको कुल मूल्य रहेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको मूल्य ४.० बिलियन पाउण्ड छ । तेस्रो स्थानमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको ३.६५ बिलियन पाउण्ड मूल्य रहेको छ ।

चौथो स्थानमा रहेको इंग्लिस क्लब लिभरपुलको मूल्य ३.५ बिलियन पाउण्ड रहेको छ । जर्मन क्लब बार्यन म्युनिख ३.४ बिलियन पाउन्डसहित पाँचौ स्थानमा रहेको छ । छैटौं स्थानमा रहेको म्यानचेस्टर सिटीको भ्यालु ३.३ बिलियन पाउण्ड छ । सातौं स्थानमा फ्रेन्च क्लब पीएसजीको पनि ३.३ बिलियन पाउण्ड छ ।

इंग्लिस क्लब चेल्सी आठौं स्थानमा रहँदा इटालियन क्लब युभेन्ट्स नवौं स्थानमा तथा इंग्लिस क्लब टोटेनहम हटस्पर शीर्ष १० मा अटाएका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद