Media Network

बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु


खबरस्टोरी संवाददाता

१२ जेष्ठ २०७९,बिहीबार

काठमाडौं । पाठशाला कप एसइई नकआउट बास्केटबल प्रतियोगिता शुक्रबारदेखि पाठशाला नेपाल फाउण्डेशनको आयोजनामा हुने भएको छ ।

 यस प्रतियोगितामा आठ छात्र टोलीको सहभागिता रहने पाठशालाका प्रबन्ध निर्देशक टङ्क आचार्यले जानकारी दिए । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी नकआउट आधारमा खेल खेलाइने छ ।

समूह ‘ए’ मा स्वस्तिश्री, राजश्री गुरुकुल, प्रिमियर र ज्ञान निकेतन तथा समूह ‘बी’ मा रोजबर्ड, संस्कृति, आयोजक पाठशाला र ह्वाइटफिल्ड रहेका छन् ।

बास्केटबल प्रतियोगिताको विजेताले रु १५ हजार र उपविजेताले रु आठ हजार पुरस्कार पाउने छन् । तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको खेल बानेश्वरस्थित पाठशालाकै कोर्टमा खेलाइने आयोजकले जनाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद