Media Network

चीनमा हुने एसियन खेलकुद एक बर्षसम्म स्थगित


खबरस्टोरी संवाददाता

२३ बैशाख २०७९,शुक्रबार

काठमाडौं । चीनको ह्वान्झाओमा हुने १९ औं  एसियाली खेलकुद स्थगित भएको छ । १० देखि २२ सेप्टेम्बरमा हुने तय भएको प्रतियोगिता  कोभिड-१९ महामारीका कारण २०२३ सम्मका लागि स्थगित भएको हो ।

चिनियाँ ओलिम्पक कमिटी (सीओसी) र ह्वान्झाओ एसियाली खेलकुद आयोजक कमिटी (एचएजीओसी)ले  विस्तृत छलफलपछि ओलम्मिक काउन्सिल अफ एसिया (ओसीए)ले १९औं एसियाली खेलकुद  स्थगित गर्ने निर्णय गरेको हो ।

प्रतियोगिताका लागि नेपालले समेत आफ्नो तयारी सुरु गर्ने तयारीमै थियो । तर, प्रतियोगिता नै स्थगित भएकाले नेपालको तयारी समेत प्रभावित हुने भएकाे छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद