Media Network

एन्फा र एनएसएल आयोजकबीच छलफल हुने


खबरस्टोरी संवाददाता

२६ असार २०७९,आईतवार

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल सुपर लिग (एनएसएल) आयोजकबीच छलफल हुने भएको छ । 

गत शुक्रबार एन्फा र असन्तुष्ट ‘ए’ डिभिजन लिगका चार क्लबबीचको बैठकले एनएसएल आयोजनाको सम्झौता रद्द गर्न आगामी कार्यसमिति बैठकमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

यससँगै चौधरी ग्रुप स्वामित्वमा रहेको नेपाल स्पोर्टस् इभेन्ट्स एण्ड म्यानेजमेन्ट कम्पनी र एन्फाबीच केही समयमै बैठक बस्दैछ ।

अघिल्लो सम्झौतामा मापदण्ड पूरा गरे एनएसएलको टिमलाई एएफसी तथा फिफाको प्रतियोगितामा सहभागी हुन दिने थियो । जुन विषयले विवाद लिँदा एनएसएलको दोस्रो संस्करण स्थगित भएको हो । 

तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पाले एनएसएलसँग सो सम्झौता गरेका थिए । तर, असार ६ गते सम्पन्न चुनावमा निर्वाचित पंकजविक्रम नेम्बाङ समूहले मुख्य मुद्दा नै एनएसएललाई बनाएको थियो । यस समूहले एनएसएललाई ‘गोल्डकप’ को रुपमा आयोजना गर्नुपर्ने बताउँदै आएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद