Media Network

एनपीएलः पहिलो क्वालिफायर विराटनगर र सुदूरपश्चिम भिड्ने


खबरस्टोरी संवाददाता

२२ मंसिर २०८२,आईतवार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो क्लालिफायरमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन् । 

लिग चरणको २६ औँ खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गरेको थियो । सुदूरपश्चिमले दिएको १४७ रनको लक्ष्य ११.५ ओभरमा ४ विकेट गुमाउँदै सुदूरको अपराजित यात्रामा ब्रेक लगाएको विराटनगरले अब मंगलबार पहिलो क्वालिफायर्समा मंगलबार सुदूरपश्चिम रोयल्ससँग नै खेल्नेछ ।

मंगलबार हुने पहिलो क्वालिफार्यसमा विजेता टोली सिधैं फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीचको इलिमिनेटर टिमको विजेतासँग डिसेम्बर ११ मा हुने क्वालिफायर २ मा प्रतिष्पर्धा गर्नुपर्नेछ । क्वालिफायर २ मा विजेता टिमको पहिलो क्वालिफायरको विजेतासँग उपाधि भिडन्त हुनेछ । 

काठमाडौं र लुम्बिनीबीचको इलिमिनेटर खेल बुधबार डिसेम्बर १० मा हुनेछ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद