Media Network

एशिया कप छनोट खेल्न नेपाली फुटबल टिम आज कुवेत जाँदै


खबरस्टोरी संवाददाता

२१ जेष्ठ २०७९,शनिबार

काठमाडौं ।  एसियाली कप छनोट खेल्नका लागि नेपाली राष्ट्रिय फुटबल टिम आज कुवेत जाने अखिल नेपाल फुटबल संघले जानकारी दिएको छ।

कतारमा १० दिनको तयारीपछि नेपाली टिम कुवेत जान लागेको हो। नेपालले कतारमा तीन मैत्रीपूर्ण खेल खेलेको थियो। त्यहाँ नेपालले टिमोर लिस्टेको यू-२३, श्रीलंका र ओमनसँग तीन अभ्यास खेल खेलेको थियो। त्यसमध्ये दुई खेलमा नेपालले बराबरी गरेको थियो।



Share:
Reaction :
ताजा समाचार
खेलकुद