Media Network

जिम्बाबे एसँग तेस्रो एकदिवसीय खेल आज


खबरस्टोरी संवाददाता

२६ बैशाख २०७९,सोमबार

काठमाडौ । नेपालले सोमबार जिम्बाबे एसँग तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट खेल्दै छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेल साढे ९ बजे सुरु हुनेछ। 

यसअघि पहिलो एक दिवसीयमा जिम्बाबे एले नेपाललाई ३ विकेटले हराएको थियो भने दोस्रो खेलमा नेपाल ९ विकेटले विजयी भएको थियो।आजको खेल जित्ने टोलीले सिरिजमा कब्जा जमाउनेछ। यसअघि जिम्बाबे एसँगको टी–२० सिरिज भने बराबरीमा सकिएको थियो।


Share:
Reaction :
ताजा समाचार
खेलकुद