Media Network

नेपाल जिम्बावे ‘ए’ संगको खेलमा ३ विकेटले पराजीत


खबरस्टोरी संवाददाता

२३ बैशाख २०७९,शुक्रबार

काठमाण्डौँ । नेपाल र जिम्बावे ‘ए’ बीचको पहिलो एक दिवसीय खेलमा नेपाली टोलि ३ विकेटले पराजीत भएको छ । जिम्बावेले २६ ओभरको खेल खेल्दै ७ विकेट गुमाएर नेपालले दिएको १३७ रनको सामान्य लक्ष्य भेटायो । 

जिम्बावेका ओपनर ब्याट्सम्यान इन्नोसेन्ट काईयाले अविजितरुपमा ४८ बल खेलेर सार्वाधिक ४८ रन बनाए । अर्का ओपनर ब्याट्सम्यान सेफास जुवायो ३२ रन जोडे । यता बलिङतर्फ नेपाका कप्तान सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए भने । सागर ढकाल र सोमपाल कामीले १–१ विकेट लिए । 

यस अघि त्रिवी कीक्रेट मैदानमा टस हारेर व्याटिङ गरेको नेपालले ३१।३ ओभरमा सबै विकेट गुमाएर १३७ रनको लक्ष दिएको थियो । छैटौँ नम्बरमा ब्याटिङ गर्न गएका नेपालका सोमपाल कामीले ७० बलमा सार्वाधिक ३० रन जोड्नु बाहेक अरु व्याट्सम्यानले गतिलो रन बनाउन सकेनन् । 

नेपालका ओपनर ब्याट्सम्यन दीपेन्द्र सिंह ऐरिले र कुशल भुर्तेलले १९ रन बनाएर आउट भएका थिए । जिम्बावेका ब्राड एभान्सले सर्वाधिक ४ विकेट लिएका थिए । यस्तै भिक्टोर न्याउची, ब्राण्डन मभुता र सेफास जुवायो २–२ विकेट लिएका थिए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद