Media Network

नेपाली क्रिकेट टिमलाई अमेरिकामा सम्मान, टोलीलाई ५ हजार डलर प्रदान


खबरस्टोरी संवाददाता

१ असार २०७९,बुधबार

काठमाडौँ। नेपाली क्रिकेट टोलीलाई ह्युस्टनमा रहेका विभिन्न नेपाली समाजले मंगलबार सम्मान गरेका छन् । नेपालीज एसोसिएसन अफ ह्युस्टन (एनएएच) को अगुवाइमा आइतबार नेपाली क्रिकेट टोलीको सम्मानमा मिट एन्ड ग्रिट कार्यक्रम आयोजना गरिएको थियो ।

एनएएच, क्रिएटिभ नेप्लिज सोसाइटी, नेप्लिज हेरिटेज युनियन, गुल्मी समाज, अन्तर्राष्ट्रिय साहित्य समाज, ह्युस्टन च्याप्टर र गैरआवासीय नेपाली संघ अमेरिकाको टेक्सास च्याप्टरले आयोजना गरेको मिट एन्ड ग्रिटमा १ सय ४० जना सहभागी भएको र सोक्रममा कार्यक्रम गरेर बचत भएको रकम नेपाली  क्रिकेट टोलीलाई सम्मान स्वरुप ५ हजार डलर प्रदान गरिएको एनएएचका अध्यक्ष विष्णु नेपालले बताए ।

नेपालका कप्तान सन्दीप लामिछाने र प्रशिक्षक पुबुदु दासानायकेलाई एनएएचका अध्यक्षसहित विभिन्न नेपाली समाजका प्रतिनिधिले चेक हस्तान्तरण गरेका थिए । 

नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासले सम्मानमा आएको यो रकम सेप्टेम्बरमा आयोजना गर्न लागिएको दुईदिवसीय प्रतियोगिताका लागि खर्च गरिने बताए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद