Media Network

नेपाल र जिम्बावे ‘ए’ बीचको पहिलो खेल स्थगित


खबरस्टोरी संवाददाता

१७ बैशाख २०७९,शनिबार


काठमाडौं ।  नेपाल र जिम्बावे ‘ए’ बीचको पहिलो एकदिवसीय क्रिकेट टससमेत नभई वर्षाका कारण स्थगित भएको छ । विहान ९ः३० बजेदेखि कीर्तिपुरस्थित त्रिविवि क्रिकेट मैदानमा हुने शृंखलाअन्तर्गतको पहिलो एकदिवसीय खेल सुरु हुने भनिएको थियो ।

तर, लगातारको वर्षापछि खेल ओसिलो मैदानका कारण खेल स्थगित गरिएको नेपाल क्रिकेट संघ (क्यान  )ले जनाएको हो । खेल तालिका पुनः मिलाइने समेत क्यानले जानकारी दिएको छ ।

शृंखलाअघि शुक्रबार भएको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायके र कप्तान सन्दीप लामिछानेले जिम्बावेविरुद्धको शृंखला आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ को लागि अभ्यास हुने बताएका थिए ।नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रको टिमविरुद्ध घरेलु मैदानमा क्रिकेट शृंखला खेल्न लागेको हो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद