Media Network

नेपाल र नामिबिया आज भिड्दै


खबरस्टोरी संवाददाता

२७ असार २०७९,सोमबार

काठमाडौं । क्यानडाको प्रभावहीन तयारीपछि आईसीसी क्रिकेट विश्वकप लिग–२ का लागि स्कटल्यान्ड पुगेको नेपाली क्रिकेट टोलीले आज नामिबियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । 

अर्को वर्ष छिमेकी राष्ट्र भारतमा हुने एकदिवसीय विश्वकपका लागि छनोट प्रतियोगितामा मानिएको नेपालका लागि स्कटल्यान्ड भ्रमण महत्त्वपूर्ण छ । आईसीसी क्रिकेट विश्वकप लिग–२ को शीर्ष तीन टोलीले २०२३ क्रिकेट विश्वकप छनोटमा स्थान बनाउनेछ । बाँकी चार टोलीले प्लेअफबाट गुज्रिनुपर्नेछ । 

अंकतालिकामा नेपाल १६ खेलमा १५ अंक जोडेर पाँचौँ स्थानमा छ । नामिबिया १५ खेलमा १४ अंक जोडेर छैटौं स्थानमा छ । ३६ खेलबाट ४४ अंक जोडेको ओमान शीर्ष स्थानमा छ भने २१ खेलबाट ३० अंक जोडेको स्कटल्यान्ड दोस्रो स्थानमा छ । त्यस्तै, २२ खेलबाट २६ अंक जोडेको युएई तेस्रो स्थानमा छ । २४ खेलबाट २३ अंक जोडेको अमेरिका चौथो स्थानमा छ । दुई अंक जोडेको पीएनजी पुछारमा छ ।  

कमजोर तयारीका साथ स्कटल्यान्ड पुगेको नेपालले आज नामिबियाविरुद्ध नेपाली समयअनुसार दिउँसो ३ ः १५ बजे खेल्नेछ । 

औपचारिक खेलमा नेपालको पछिल्लो खेलको नतिजा हेर्ने हो भने एक खेल जितेको भने एक खेल बराबरीमा टुंगिएको छ । बाँकी तीन खेल हारेको छ । नामिबिया पनि पछिल्लो पाँचमध्ये एक खेलमा मात्र जित निकाल्न सफल भएको छ । आइतबार स्कटल्यान्डसँग पनि नामिबिया ७७ रनले पराजित भएको थियो । 

नेपाली टोली

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहितकुमार पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, किशोर महतो, पवन सर्राफ र वासिर अहमद


Share:
Reaction :
ताजा समाचार
खेलकुद