सोमबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले जित हात पार्दा एपीएफ क्लब भने पराजित भएको छ ।
दिनको पहिलो खेलमा आर्मीले एभरेस्ट भलिबल क्लबलाई ३(० को सोझो सेटमा पराजित गर्यो । आर्मीले एभरेस्टमाथि २५—१९, २५—७, २५—१८ को सेटमा जित निकाल्दै सुरुवाती तीन अंक जोड्यो । दिनको दोस्रो खेलमा एपीएफ क्लबलाई ३—१ को सेटमा हराउँदै पुलिसले विजयी सुरुवात गर्यो । सुरुवाती दुई सेट गुमाएको एपीएफले तेस्रो सेट जित्दै खेलमा फर्कने कोसिस गरे पनि सफल हुन सकेन ।
पुलिसले भने एपीएफलाई सुरुवातबाटै दबाबमा राख्न सफल भयो । पुलिसले सुरुवाती दुई सेट २५—२०,२५—२३ ले जित्दा तेस्रो सेट एपीएफले २५—१७ जित्यो । तर, चौथो सेट २५-१६ ले जित्दै पुलिसले महत्त्वपूर्ण तीन अंक हात पार्यो । आज नै पुरुषतर्फका तीन खेल हुनेछन् ।