Media Network

वर्षाले खेलमा प्रभवित पारे पछि सेमिफाइनलबाटै बाहिरियो नेपाल


खबरस्टोरी संवाददाता

१० असार २०७९,शुक्रबार

काठमाडौँ। एसीसी महिला क्रिकेट टी–२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ । वर्षाका कारण यूएईविरुद्धको खेल रद्द भएपछि नेपाल सेमिफाइनलबाटै बाहिरिएको हो ।

नेपालले उत्कृष्ट बलिङ गर्दै यूएईलाई सस्तैमा समेटे पनि जवाफी ब्याटिङ गर्न नपाएको हो । खेल रद्द भएपछि समूह विजेतका रूपमा यूएई फाइनल पुगेको छ । अब यूएईले हङकङ र मलेसियाबीच खेलको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

मलेसियाको किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले यूएईलाई ८१ रनमा अलआउट गरेको थियो । नेपालका लागि अश्मिना कर्माचार्यले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएकी थिइन् । समूह चरणमा तीन खेल जिते पनि नेपाल हङकङसँग भने पराजित भएको थियो । नेपालको ६ अंकसहित समूहको उपविजेता बनेको हो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद