विश्वकपमा २६ खेलाडी राख्न पाउने


खबरस्टोरी संवाददाता
१० असार २०७९, शुक्रबार
विश्वकपमा २६ खेलाडी राख्न पाउने
काठमाडौं। कोभिड १९ महामारीको बढ्दो जोखिमलाई मध्यनगर गर्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतार विश्वकपमा एक टिममा २६ खेलाडी राख्न पाउने अनुमति दिएको छ । 

अघिल्ला विश्वकपमा २३ खेलाडी एक टिमले राख्ने पाउने व्यवस्था थियो । अब, भने २६ खेलाडी पाउने भएको छ । यस्तै, फिफाले एक खेलका लागि टिमले १५ सब्सिच्युट खेलाडीको नाम राख्न पाउने पनि जनाएको छ । अर्थात खेलका लागि सबै खेलाडी उपलब्ध हुनेछन् ।

यस्तै, विश्वकपका लागि फिफाले २६ खेलाडीसँगै ११ अफिसियलमात्र एक टिमले राख्न पाउने बताएका छ । जसमा टिम डाक्टरलाई अनिवार्य गरिएको छ ।

२० अक्टोबरदेखि सुरु हुने विश्वकप खेल्ने ३२ टिमको टुङ्गो लागिसकेको छ । विश्वकपको उद्घाटन खेलमा अफ्रिकन टोली सेनेगल र युरोपेली देश नेदरल्यान्ड्स भिड्ने तालिका छ ।