यू–१९ महिला क्रिकेट टिम स्वदेश फर्किए


खबरस्टोरी संवाददाता
२८ जेष्ठ २०७९, शनिबार
यू–१९ महिला क्रिकेट टिम स्वदेश फर्किए

काठमाडौँ – आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसियाली छनोटमा सहभागी भएको नेपाली टिम स्वदेश फर्किएको छ ।


मलेसियामा भएको छनोटमा सहभागी भएको नेपाली टोली शुक्रबार राति काठमाडौँ आइपुगेको हो । नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरूले टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।