Media Network

यु १९ महिला टोलीको कप्तान बनिन् कृतिका मरासनी


खबरस्टोरी संवाददाता

९ जेष्ठ २०७९,सोमबार

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार यु १९ महिला क्रिकेट टोलीको कप्तानमा कृतिका मरासनीलाई नियुक्त गरेको छ।

आइसिसी यु–१९ महिला विश्वकप छनोटअघि मरासनीलाई कप्तान चयन गरिएको हो । मलेसियामा आयोजना हुने छनोटमा नेपाल, मलेसिया, युएई, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतार छन् । छनोट आगामी ४ जुनबाट सुरु हुनेछ । नेपालले छनोटका लागि १८ सदस्सीय टोली घोषणा गरिसकेको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद