Media Network

एकैदिन थप ९० जनामा कोरोना संक्रमण


खबरस्टोरी संवाददाता

२१ असार २०७९,मंगलवार

काठमाडौँ। पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोनाको संक्रमण देखिएको छ । ३१ सय १२ जनाको नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ७३ र एन्टीजेन विधिमार्फत् १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका सङ्क्रमित मध्ये सबैभन्दा धेरै  काठमाडौँका ४३ जना र ललितपुरमा ७ जनामा सङ्क्रमण पुष्टि भएको छ । यससँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ भने २४ घण्टाको अवधिमा २० जना डिस्चार्ज भएका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद