Media Network

पकेट क्षेत्र विस्तार गर्न बाख्रा उपहार


खबरस्टोरी संवाददाता

२१ आश्विन २०७८,बिहीबार

पाल्पाको तानसेन नगरपालिका–१२ मा बाख्रा पकेट क्षेत्र विस्तारका निम्ति बाख्रा उपहार प्रदान गरिएको छ । मासुको आत्मनिर्भर बनाउनका निम्ति बाख्रा पाकेट क्षेत्र विस्तार गरिएको हो । बाख्राा पकेट क्षेत्रका लागि १० ओटासम्म बाख्रा सहयोग गरिएको हो ।

महिला दिदीहरुलाई स्थानीय जागृत स्वलम्वन महिला समुहमा आवद्ध दिदीहरुले व्यावसायिक रुपमा बाख्रापालन गरी आम्दानी गरेपछि बहिनी समुहलाई व्यावसायिक बनाउन निःशुल्क रुपमा बाख्रा प्रदान गरिएको हो । 

जागृत स्वलम्बन महिला मुल समुहबाट उत्पादित ३९ वटा बाख्रा ३ नयाँ उपसमुहलाई बाख्रा उपहार प्रदान गरिएको हो । ८४ वटा बाख्रा उपहारबाट शुरूवात भएको कार्यक्रम हाल सम्म २ सय ४७ वटा पुगेको हो ।

तानसेन नगरपालिका र ग्रामीण आर्थिक विकास संघ (रेडा)ले महिला समुहहरूलाई बाख्रा उपहार गरी तानसेन नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने योजनाका साथ काम थालिएको नगरपालिकाले जनाएको छ । 

बाख्रापालन गर्ने समुहका सदस्यलाई आधारसिला तालिम, समूह व्यवस्थापन तालिम, पशुको उचित व्यवस्थापन तालिम, करेसा वारी तालिम, बाह्य जिल्ला भ्रमण, खोर निर्माण, घाँस खेतीका निम्ति बीउ, बीउ पुँजी सहयोग रहेको संघका कार्यकारी निर्देशक लिला बहादुर कार्कीले बताए ।   

गरिबी निवारण तथा महिलाहरूलाई उत्पादनमूलक कार्यमा जोडेर स्वरोजगार बनाउने उद्देश्यले सञ्चालन गरिएको बाख्रा पालन पकेट क्षेत्र कार्यक्रम तानसेन नगरपालिकाको ७५ प्रतिशत अनुदान र रेडाले २५ प्रतिशत गरि सय प्रतिशतमा बाख्रा पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले गरीवी र बेरोजगारको समस्या हटाउन बाख्रापालन कार्यक्रमले सहयोगी भूमिका खेल्ने बताए । 

विदेशमा रोजगारी गुमाई स्वदेश फर्किएका युवाहरूलाई स्वरोजगार बनाउनका निम्ति तानसेन नगरपालिकाले देशमै पहिलोे पटक युवा स्वरोजगार कार्यक्रम सञ्चालनमा ल्याएको र यस अभियानले धेरै युवाहरुले अवसरको सदुपयोग गर्नुभएको बताउनुभयो । उहाँले युवाहरूलाई सहुलियतमा विना धितो ऋण प्रदान गरी कृषि र पशुपालनका क्षेत्रमा युवाहरुको आकर्षण बढाएको बताए । 
 
प्रमुख प्रशासकृय अधिकृत पिताम्बर पाण्डेले नागरिकहरूलाई विभिन्न पकेट कार्यक्रमहरू मार्फत उत्पादनमूलक कार्यक्रम जोडेर युवाहरुलाई उद्यमशिल बनाउन कार्यक्रम सञ्चालन गर्दै आएको बताए । 
 
कार्यक्रममा जागृत महिला समुहकी सचिव रीता रानाले शुरूवातमा २५ जना महिलाहरूलाई बाख्रा प्रदान गरी कार्यक्रम शुरू गरिएको बताइन् । 

८४ वटा बाख्रा उपहारबाट शुरूवात भएको कार्यक्रम हाल सम्म २ सय ४७ वटा पुगेको छ । 


 

Share:
Reaction :
ताजा समाचार
खेलकुद