Media Network

भरतपुरमा रेनुलाई १० हजार मतको अग्रता


खबरस्टोरी संवाददाता

९ जेष्ठ २०७९,सोमबार

 काठमाडौँ ।  भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल दोहोरिने सम्भावना बढेको छ । १ लाख १० हजार ४५४ मतगणना हुँदा दाहालले निकटतम प्रतिस्प्रर्धीभन्दा १० हजार १२६ बढी मत ल्याएकी छन् ।

पछिल्लो अपडेट अनुसार हालसम्म रेनुले ४४ हजार ३०५ मत प्राप्त गरेकी छन्। एमालेका विजय सुवेदीले ३४ हजार १७९ मत प्राप्त गरेका छन् । जगन्नाथ पौडेलले १३ हजार ५१५ मत प्राप्त गरेका छन् । १ लाख २७ हजारभन्दा बढी मत खसेको भरतपुरमा अब १७ हजारको हाराहारीमा मत गन्न बाँकी छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद