Media Network

काठमाडौंको मेयर जितेपछि खुलामञ्चको सभामा धन्यवाद भाषण गर्दै बालेन शाह


खबरस्टोरी संवाददाता

१३ जेष्ठ २०७९,शुक्रबार

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारबाट मेयर जितेपछि बालेन शाहले राष्ट्रिय सभा देखी तीनकुनेसम्मको क्षेत्रफलमा बिजयी र्‍याली सुरु गरेका छन ।

आज बिहान साढे ६ बजे राष्ट्रिय सभागृह अगाडिबाट सुरु हुने जुलुसले शहरका विभिन्न भागको परिक्रमा गर्ने कार्यक्रम छ। राष्ट्रिय सभागृहबाट सुरु भएको विजयी जुलुस सभागृह–भद्रकाली–त्रीपुरेश्वोर–माइतिघर–बबरमहल–बिजुलिबजार–यूएनपार्क–शान्तिनगर–तिनकुने–कोटेश्वोर–जडिबुटी–पेप्सिकोला पुगेर फर्किनेछ ।

कोटेश्वोर–तिनकुने–सिनामङ्गल–तिलगङ्गा–गौशला–चावाहिल–माहारजगन्ज–सामाखुशी–नयाँबसपार्क–स्वयम्भू–सितापाइला–कलंकी–बल्खु–कुलेश्वोर–कालिमाटी–टेकु–त्रिपुरेश्वर–सुन्धारा हुँदै खुलामञ्चमा गएर धन्यवादसभामा परिणत हुने बताइएको छ ।

नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई पराजित गर्दै बालेनले राजधानीमा बिजयी हासिल गरेका हुन ।

बिजय जुलुस अघिको प्रारम्भिक प्रतिक्रियामा मेयर शाहले काठमाडौंलाई विश्वकै नमुना सहर बनाउँछु’ भन्ने प्रतिवद्धता जनाएका छन ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद