Media Network

मनाङमा बढ्यो निर्वाचन चहलपहल


खबरस्टोरी संवाददाता

२० बैशाख २०७९,मंगलवार

काठमाडौ । हिमाली जिल्ला मनाङमा यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सरगर्मी बढेसँगै गाउँघरमा मानिसको चहल—पहल बढेको छ । निर्वाचनमा खटिने क्रममा नेता तथा कार्यकर्ताका कारण बजारसँगै ग्रामीण क्षेत्रमा चहल—पहल बढ्दै गरेको स्थानीयवासीले बताएका छन् ।

सहर केन्द्रित भएर बसेका नेता तथा कार्यकर्ता भोट माग्नका लागि गाउँतिर झरेका कारण ग्रामीण भेगमासमेत निर्वाचनको प्रभाव देखिएको छ । 

स्थानीय व्यापारीहरूका अनुसार निर्वाचनका उम्मेदवार चयनपछि झनै व्यापार व्यवसाय वृद्धि भएको छ । 

निर्वाचनको घोषणा भएपछि गाउँ मानिसको चहलपहल बढेको स्थानीय व्यापारी म्याक्स विश्वकर्माले बताए ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद