पोखरेलले जुन जुन ठाउँमा एमालेले हार्यो त्यो ठाउँमा दोष आफ्ना उम्मेदवारको नभई गठबन्धनका भएको कारण दिँदै आएका छन् । तर पनि उनकै क्षेत्रमा भने सत्ता गठबन्धनको केही जोर चलेन । खड्का ३ हजार ६ सय ९१ मतान्तरले प्रमुखमा विजयी भए ।
खड्काले ३१ हजार ४ सय ८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७ सय १७ मत मात्र प्राप्त गरे ।
उपप्रमुखमा चौधरी ९ हजार ५ सय ३२ मतान्तरका साथ विजयी भएकी हुन् । चौधरीले ३० हजार ५९७ मत पाइन् भने उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानाले २१ हजार ६५ मतमात्रै ल्याए ।
तुलसीपुरमा २, ३, ६, ८, १०, ११, १३, १५, १८ र १९ नम्बर वडा एमालेले जितेको छ । कांग्रेसले ५, ७, ९, १४, १७ र माओवादी केन्द्रले १, ४ र १२ नम्बर वडा जितेको छ । स्वतन्त्र उम्मेदवारले भने १६ नम्बर वडा जितेका छन् ।