Media Network

अभिनेता दयालको ६१ वर्षको उमेरमा निधन


खबरस्टोरी संवाददाता

१९ माघ २०७८,बुधबार

एजेन्सी। भारतीय अभिनेता अमिताभ दयालको ६१ वर्षको उमेरमा निधन भएको छ। उनको बुधबार बिहान हृदयघातका कारण निधन भएको हो । अमिताभकी पत्नी मृणालिन्नी पाटिलले उनको निधनको पुष्टि गरेकी छन् । ‘१७ जनवरीमा हृदयघात भएपछि उनलाई मुम्बईको नानावटी अस्प्तालमा भर्ना गरिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा उनलाई कोरोना पोजेटिभ देखियो । उपचारपछि गत शनिबार उनी कोरोना मुक्त भएका थिए । तर आज पुनः उनलाई हृदयघात भएपछि निधन भयो’, मृणालिन्नीले भनेकी छन् ।

अमिताभले अमिताभ बच्चन, सञ्जय दत्त, जोन अब्राहमका साथ ‘विरुद्ध’ र ओमपुरी, नन्दिता दासका साथ ‘कगार’ जस्ता फिल्ममा अभिनय गरेका थिए । उनले श्रीमति मृणालिनीले निर्देशन गरेको फिल्म ‘धुआ’, ‘रंगदारी’, ‘ये दिल्लगी’ जस्ता फिल्ममा पनि अभिनय गरे । उनको जन्म छत्तीसगढको बिलासपुरमा  भएको  थियो  । मृणालिनीका अनुसार परिवारका केही सदस्य छत्तीसगढमा रहेकाले उनीहरु आउनासाथ अमिताभको अन्तिम संस्कार गरिनेछ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद