Media Network

अमेरिकाबाट १ लाख डोज बढि फाइजर खोप नेपाल आइपुग्यो


खबरस्टोरी संवाददाता

८ कार्तिक २०७८,सोमबार

काठमाडौँ।  अमेरिकाले अनुदानमा उपलब्ध गराएको  १ लाख ६ सय २० डोज कोरोना खोप नेपाल आइपुगेको छ । आज बिहान कतार एअरवेजको विमानमार्फत फाइजर खोप  काठमाडौं आइपुगेको हो ।

फाइजर खोप नेपाल आएको यो पहिलोपटक हो । यसअघि नेपालमा अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा आइसकेका छन् । एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्ने फाइजर खोप १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । फाइजर खोप ९५ प्रतिशत प्रभावकारी रहेको अनुसन्धानबाट पुष्टि भएको छ ।

फाइजर खोप अहिले थोरै मात्रामा आएकाले दीर्घ रोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले बताए । अमेरिकाबाट आगामी पुसमा थप ६० लाख डोज फाइजर खोप ल्याउने तयारी छ । त्यो खोप आएपछि बालबालिकालाई पनि लगाइने सरकारको तयारी छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप शाखाका अनुसार आज आएको फाइजर खोपलाई माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गरेर राखिने छ ।

यसअघि गत जुलाईमा अमेरिकाले १० लाख ५३ हजार डोज कोरोनाविरुद्धको जोन्सन जोन्सन खोप नेपाललाई अनुदानस्वरूप दिइसकेको छ ।
 

Share:
Reaction :
ताजा समाचार
खेलकुद