Media Network

बजाजले खोल्यो टोखा र ग्रीनल्याण्डमा नयाँ सर्भिसिङ सेन्टर


खबरस्टोरी संवाददाता

२३ माघ २०७८,आईतवार

काठमाडौँ। नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले टोखा र ग्रिनल्याण्डमा नयाँ सर्भिसिङ सेन्टर स्थापना गरेको छ । 

हंसराज हुलासचन्द एन्ड कम्पनीअन्तर गत विगत १५ वर्षदेखि निरन्तर सेवा दिँदै आएको ब्रदर अटो प्रालिले सम्पूर्ण सुविधासम्पन्न नयाँ आउटलेट सेल तथा सर्भिसिङ सेन्टर टोखा र ग्रिनल्याण्डमा सञ्चालनमा ल्याएको हो ।

नेपालमा सबैभन्दा अधिक बिक्री हुने अटोमोबाइल ब्रान्ड बजाजले अझ बढी सुविधासम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले टोखा र ग्रिनल्याण्डमा आउटलेट सञ्चालनमा ल्याएको जनाएको छ ।

यहाँ मोटरसाइकल सर्भिसिङमा १५ वर्षदेखि राम्रो अनुभव भएका दक्ष प्राविधिकहरूबाट सर्भिसिङ गराइने ब्रदर अटो टोखाका सञ्चालक दिलिप आचार्यले बताए । यस सर्भिसिङ सेन्टरमा जम्मा ६० मिनेटमा सर्भिसिङको काम सकिने सर्भिस मेनेजर सुमन श्रेष्ठले दाबी गरे ।

एक दिनमा २० ओटाभन्दा बढी बाइकहरू सर्भिसिङ गर्न सक्ने क्षमता भएको यस सेन्टरमा ग्राहकहरूको सुविधाको लागि प्रतीक्षालय पनि सुविधा छ। नयाँआउट लेट सर्भिसिङ सेन्टरले ग्राहकहरूलाई बाइक खरिद स्पेयर्स पार्टस् तथा एक्ससरिज का लागि समेत सहज बनाउने कम्पनीले बताएको छ। 

टोखा मोटरसाइकल सर्भिस सेन्टर उद्घाटन गर्दै ब्रदर्स अटोका संचालक बिनोद चौलागाईं ले भनेका छन्, 'टोखा आउट लेट मा ग्राहकहरूलाई निरन्तर वृद्धि साथै उहाँहरूलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । यो नयाँ सर्भिस सेन्टरसँगै यसले ग्राहकहरूलाई सहज बनाउनेमा हामी सकारात्मक छौं।'

Share:
Reaction :
ताजा समाचार
खेलकुद