Media Network

बारका पदाधिकारी र प्रधानन्यायाधीश जबराबीच छलफल हुँदै


खबरस्टोरी संवाददाता

७ कार्तिक २०७८,आईतवार

काठमाडौँ। नेपाल बार एसोसिएसनका पदाधिकारीले आज (आइतबार) प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भेट्दै छन्। 

बारको कात्तिक ५ गते बसेको कार्यसमिति बैठकको निर्णयबमोजिम भेटघाट हुन लागेको हो । बारका महासचिव लीलामणि​ पौडेलका अनुसार अहिले ११ बजे देखि भेटवार्ता हुनेछ। 

प्रधान न्यायाधीश जबरा विभिन्न विवादका विषयमा तानिए पछि जबरा विरुद्ध ठोस निर्णय गर्न बारलाई कानून व्यवसायीहरूले दबाब दिदै आएका छन्। जबराको राजीनामा माग देखि अदालत प्रवेशमा रोक लगाउनु पर्ने, अदालतका अन्य न्यायाधीशहरूले जबराको बेन्च सेयर गर्न नहुने भन्दै कानून व्यवसायीहरूले दबाब बढाएका छन्। यहि विषय रहेर आज बारका पदाधिकारी र प्रधानन्यायाधीश जबराबीच छलफल हुनेछ । 

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद