Media Network

बर्षा र बाढीबाट भारतमा १८ को मृत्यृ, दर्जनौ बेपत्ता


खबरस्टोरी संवाददाता

३१ आश्विन २०७८,आईतवार

सिन्ह्वा।  भारतको दक्षिणी केरला राज्यमा शनिबारको अविरल बर्षा र बाढीका कारण कम्तीमा पनि १८ जनाको ज्यान गएको छ । अरु दर्जनौ व्यक्ति बेपत्ता भएका छन् । बाढीका कारण कतिपय स्थानमा भीषण पहिरो गएको छ । पहिरोमा परेर दजैनौ बेपत्ता भएका बताइएको छ ।दक्षिणी राज्य केरलाका इदुकी र कोट्याम जिल्लामा बाढी र पहिरोको प्रकोप देखा परेको प्रहरीले जनाएको छ । 

कोट्याम जिल्लामा बढीले बढी क्षति पु¥याएको यहाँका एक स्थानीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ । बाढीमा परेर मृत्यु भएका र हराएकामध्ये अधिकांश सो जिल्लाका रहेका छन् । यहाँ आइतबार बिहान सम्म पनि बर्षा जारी रहेको छ । बाढीका कारण कतिपय स्थानीय सडकहरु पनि अवरुद्ध भएका छन् । मौसम् विज्ञान विभागका अधिकारीहरुले आइतबार पनि बर्षा कायमै रहने बताएका छन् । 
 

Share:
Reaction :
ताजा समाचार
खेलकुद