Media Network

बतासको होटेल सञ्चालनमा अवरोध नगर्न अल्पकालीन अन्तरिम आदेश


खबरस्टोरी संवाददाता

१ फाल्गुन २०७८,आईतवार

काठमाडौँ। उच्च अदालत पाटनले पशुपति क्षेत्रमा सञ्चालित होटेल आनन्द प्रालिको सञ्चालनमा कुनै बाधा अवरोध नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश नरिश्चर भण्डारीको एक इजलासले आइतबार दुवै पक्षसँग छलफल गरेर अन्तरिम आदेश दिने/नदिनेबारे निर्णय लिइने भनेको छ । त्यसका लागि उच्च अदालतले फागुन ९ गते दुवै पक्षलाई बोलाएको छ । अन्तरिम आदेशको टुंगो नलागेसम्म ०७६ वैशाख ३० गतेको सम्झौताअनुसार होटेल आनन्द प्रालिको सञ्चालनमा कुनै अवरोध सिर्जना नगर्न भनी विपक्षीहरूलाई भनिएको छ ।

बतास समूहले पशुपतिको धर्मशालामा करार सम्झौता अनुसार होटल सञ्चालन गर्दै आएको थियो । बतासले सम्झौता विपरित होटल सञ्चालन गरेको भन्दै केही दिनअघि पशुपति क्षेत्र विकास कोषले सम्झौता रद्द गरेको थियो । त्यसपछि बतास समूह उच्च अदालत पाटन पुगेको थियो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद