Media Network

चन्द्रागिरी डाँडा उक्लिँदैछन् योगगुरु रामदेव


खबरस्टोरी संवाददाता

३ मंसिर २०७८,शुक्रबार

काठमाडौं । भारतीय योगगुरु रामदेवले चन्द्रागिरी डाँडामा योग प्रशिक्षण दिने भएका छन् । पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन उनी बिहीबार नेपाल आएका थिए । 

भारतीय योगगुरु रामदेवले शनिबार बिहान चन्द्रागिरि डाँडामा एक घण्टा योग प्रशिक्षण दिने कार्यक्रम तय भएको चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ । त्यसका लागि उनी शुक्रबार साँझ नै केबलकारबाट चन्द्रागिरी पुग्नेछन् । 

चन्द्रागिरीमा योग प्रशिक्षणअघि उनले चन्द्रागिरीस्थित भालेश्वर महादेवको मन्दिर दर्शन तथा पूजाअर्चना गर्ने कार्यक्रम तय भएको छ । पतञ्जली योगपीठले सञ्चालन गर्ने टेलिभिजनको शुभारम्भ गर्न रामदेव नेपाल आएका हुन् ।   

योगगुरु रामदेश विहीबार नेपाल आएलगतै केही राजनीतिक दलका नेताहरुलाईसमेत भेटघाट गरेका छन् । रामदेवको साथमा आचार्य बालकृष्ण पनि राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्न पुगेका थिए । 

नेपाल आएलगत्तै रामदेवले नेकपा (माओवादी केन्द)का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका थिए । दाहाललाई भेट गरी रामदेवले उनीसँगै बसेर फोटोसमेत खिचाएका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद