Media Network

एमाले चितवन–काठमाडौँ सम्पर्क मञ्चका इन्चार्ज अधिकारी माओवादी केन्द्रमा प्रवेश


खबरस्टोरी संवाददाता

१७ माघ २०७८,सोमबार

काठमाडौँ। नेकपा एमाले चितवन–काठमाडौँ सम्पर्क मञ्च, क्षेत्र नम्बर ३ का इन्चार्ज चिरञ्जीवी अधिकारीले पार्टी परित्याग गरेका छन्।  

एमाले परित्याग गरेका अधिकारीलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका छन्। अधिकारी प्रेस चौतारी बागमती सम्पर्क मञ्चका प्रतिनिधि तथा क्यान महासङ्घका केन्द्रीय कमिटी सचीव समेत हुन्। अधिकारीलाई प्रचण्डले खुमलटारमा स्वागत गरि बधाई तथा शुभकामना व्यक्त गरे।


Share:
Reaction :
ताजा समाचार
खेलकुद