एमाले महासचिव पोखरेललाई कोरोना सङ्क्रमण


खबरस्टोरी संवाददाता
३० पुष २०७८, शुक्रबार
एमाले महासचिव पोखरेललाई कोरोना सङ्क्रमण

काठमाडौँ। नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । 

परीक्षण गराउँदा उनमा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । आफूलाई सङ्क्रमण भएपछि नेता पोखरेलले आफ्ना सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।