एमाले नेता देवीप्रसाद ज्ञवालीलाई पितृ शोक


खबरस्टोरी संवाददाता
११ माघ २०७८, मंगलवार
एमाले नेता देवीप्रसाद ज्ञवालीलाई पितृ शोक

चितवन। नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् चितवन जिल्ला ईन्चार्ज देवी प्रसाद ज्ञवालीलाई पितृ शोक परेको छ।

 ज्ञवालीका १०० वर्षीय पिता बालकृष्ण ज्ञवालीको आफ्नै निवास भरतपुर महानगरपालिका वडा नम्बर ४ , लक्ष्मीपुरमा निधन भएकोहो । उनि लामो समयदेखि बिरामी परेको उनका कान्छा छोरा विष्णु ज्ञवालीले जानकारी दिए। मृतक ज्ञवालीको तीन छोरा र दुई छोरी छन्। 

उनको अन्तिम संस्कार आज मध्यान्ह १२ बजे शिवघाटमा हुने  कान्छो छोरा विष्णु ज्ञवालीले जानकारी दिए।