Media Network

एमाले नेता योगेश भट्टराई वीर अस्पताल भर्ना


खबरस्टोरी संवाददाता

५ कार्तिक २०७८,शुक्रबार

काठमाडौँ। नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई अस्पताल भर्ना भएका छन् ।  भट्टराईलाई विगत तीन दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल भर्ना गर्नुपरेको हो । 

ज्वरो आएपछि केही दिन घरमै बसेर सामान्य उपचार गरेका भट्टराईले ज्वरो कम नभएपछि शुक्रवार दिउँसो वीर अस्पतालमा भर्ना गरेको स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिए । डाक्टरको सल्लाहबमोजिम एक सातासम्म भेटघाट पूर्णरूपमा बन्द गरिएको गुरागाईले बताए

Share:
Reaction :
ताजा समाचार
खेलकुद