Media Network

गैरकानुनी कार्यमा संलग्न १५४ जना विदेशी निष्काशित


खबरस्टोरी संवाददाता

२६ माघ २०७८,बुधबार

काठमाडौं। सरकारले चालु आर्थिक वर्ष २०७८/७९ पहिलो ६ महिनामा मुलुकभित्र अवैधानिक रुपमा बसेका तथा गैरकानुनी कार्यमा संलग्न विभिन्न राष्ट्रका १५४ जना नागरिकलाई निष्काशन गरेको छ । 

२०७८ साउन देखि पुस मसान्तसम्मको अवधिमा उनीहरुलाई निष्काशन गरिएको जानकारी अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले  जानकारी दिएका हुन् । 

‘निष्काशन गरिएका अधिकांश कैद जरिवाना भुत्तानी गरेका तथा भिसा अवधि सकिएपछि (ओभर स्टे गर्ने) विदेशी हुन्,’ महानिर्देशक भट्टराइले भने । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद