चितवन। नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) चितवनको चुनावी सर्गर्मी शुरु भएको छ । आज ( बिहिवार) हुने ईक्यान चितवनको अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । आगामी कार्यसमितिका लागि अध्यक्ष पदमा समुन्द्र अर्यालले उम्मेदवारी दिने भएका छन् ।
अध्यक्षका उम्मेदवार समुन्द्र अर्याल २०६३ सालदेखि शैक्षिक परामर्श क्षेत्रमा आबद्ध छन्। २०६५ देखि २०७१ सालसम्म अष्ट्रेलिया अध्ययन गरेर फर्किएका अर्याल एक अनुभवी युवा भएको जानकारहरु बताउँछन्। धावन रिक्रियशनका संचालक समेत रहेका अर्याल ब्राईटन करियर कन्सल्टेन्ट प्रा.लि. का प्रबन्ध निर्देशक हुन्। यसको चितवन लायन्स चोकमा मुख्य कार्यालय र गोर्खा तथा काठमाडौंमा शाखा कार्यालयहरु छन्। उनले २०७६\०७८ को ईक्यान चितवनको उपाध्यक्ष रहेर जिम्मेवारी निभाईसकेका छन्। सरल, मिहिनेती एवम् मेधावी युवा अर्यालले ईक्यान चितवनको अध्यक्षमा उम्मेदवारी दिनुलाई शैक्षिक परामर्श क्षेत्रका युवा व्यवसायीहरुले अर्थपूर्ण रुपमा हेरेका छन्।