Media Network

कम भिजिबिलिटीका कारण आन्तरिक उडान प्रभावित


खबरस्टोरी संवाददाता

९ मंसिर २०७८,बिहीबार

काठमाडौ। कम भिजिबिलिटीका कारण बिहिबार बिहानको आन्तरिक उडान प्रभावित भएको छ । राम्रोसँग आकाश नखुल्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अधिकांश आन्तरिक उडान प्रभावित भएका हुन्। 

हुस्सु र कुहिरोका कारण भिजिबिलिटी कम हुँदा काठमाडौंबाट हुने उडानहरु हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका अनुसार भद्रपुर, विराटनगर, भरतपुर, सुर्खेत, पोखरा, धनगढी, नेपालगन्जलगायत क्षेत्रमा आज बिहान निर्धारित उडानमा ढिलाइ भएको छ।  विमानस्थलका अनुसारका आजका लागि १५० उडान तालिका थियो। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद